हरिदत्तको ‘संगै संगै हिंडे पनि…..’ सार्वजनिक, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७५, बिहीबार

काठमाडौ । केही समय पहिले ‘रङ्गमञ्च भो मेरो जीवन….’ बोलको गीत सार्वजनिक गरेर चर्चामा रहेका गायक, संगितकार हरिदत्त फुलाराले अर्को ‘संगै संगै हिंडे पनि…..’ बोलको मिठो गीत युट्युव मार्फत श्रोता, दर्शकमाझ ल्याएका छन् ।

सुबाष चन्द्र ढुंगेलको शब्द, हरिदत्त फुलारा र संगिता प्रधान रानाको स्वर रहेको गीतको लिप्सिङ भिडियो सार्वजनिक भएको छ । हरि लम्सालको एरेञ्जर रहेको ‘संगै संगै हिंडे पनि…..’ का निर्माता प्रमोद प्रसाई हुन् ।

नेपाली चलचित्र मदहोस को ‘ दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु