• लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) प्रशिक्षण

    म्यूजिक खबर
    प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

    लुम्बिनी। लुम्बिनी प्रदेश स्तरीय मौलिक नेपाली लोकबाजा थारु मादल (मन्ड्रा) प्रशिक्षण दाङ घोराहीको गुलरीयामा सुरु भएको छ ।
    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारी सभा दाङको स्थानीय व्यवस्थापन सञ्चालित उक्त  प्रशिक्षण कार्यक्रम  घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले मादल बजाएर उद्घाटन गर्नुभयो ।

    चैत २२ बाट सुरु भई वैशाख १ गते समापन हुने प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशको विभिन्न जिल्लाका २२ जना थारु समुदायका सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षक वरिष्ठ ताल बादक खड्ग बुढा मगरले मादल बारे सैद्धान्तिक तथा व्यावहारिक तालिम दिनुहुने छ । र
    उद्घाटन समारोह प्राज्ञ अशोक राइको सभापतित्व र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा राधाकृष्ण सामूहिक अध्ययन केन्द्र दाङको हलमा भएको हो ।

    माननीय शान्ता चौधरी, डा.गोविन्द आचार्य, डा. कृष्णराज सर्वहारी साथै स्थानीय समाजसेवी तथा समुदायको उपस्थिति भएको समारोहको सहजीकरण प्रशिक्षण कार्यक्रमका स्थानीय संयोजक कुलबिर चौधरीले गर्नुभयो ।

    प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख तथा कार्यक्रम संयोजन अशोक राईका अनुसार प्रशिक्षण कार्यक्रम वैशाख १ गते प्रशिक्षार्थीको प्रस्तुति तथा प्रमाणपत्र वितरण गरी  समापन गरिनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु