रमाइलो र समय सापेक्ष गीत ‘पिरतीको पब्जी’

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार

पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ । यसै चर्चित खेलमा आधारित भएर एउटा गीत तयार भएको छ। ‘पिरतीको पब्जी’ बोलको गीतको म्युजिक भिडियो आज (आइतबार) सार्वजनिक भएको हो। डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमान्यु पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे ।

पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिचर्ड छन् । सूर्य योन्जनले निर्देशन गरेको म्युजिक भिडीयोमा सपना लम्सालको मेकअफ ,पवन सुस्लिंगको छायाकन र सम्पादन र ग्रूव्य ब्वाइजको कोरियोग्राफी समाबेश रहेको छ ।

यो पनि पढ्नुहोस्

कस्तो होला रायमाझी, खनाल र थापाको ‘हेर यी आँखामा’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु