• नेपाली गायक र सञ्चारकर्मीले चुमे भारतको प्रतिष्ठित अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: २६ माघ २०७९, बिहीबार

    काठमाडौं । लोकप्रिय गायक सीताराम पोखरेल र सञ्चारकर्मी राज लुईंटेल भारतको मुम्बईमा इण्डियन टेलिभिजनको ‘दादा साहेव फाल्के अवार्ड’बाट सम्मानित भएका छन् ।
    विगत तीन दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियोलगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएबापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको ‘दादा साहेव फाल्के’ अवार्ड २०२३ वाट सम्मानित गरिएको हो । गायक पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो ।

    त्यस्तै विगत दुई दशकदेखि विभिन्न संचारमाध्यममा रहि नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष जोड दिएका कारण योगदानको कदर स्वरुप संचारकर्मी लुईटेललाई उक्त ‘दादासाहेव फाल्के अवार्ड’ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ ।

    मुम्बई पुलिसका असिसेन्ट कमिश्नर पुलिस चिफ सञ्जय पटेल भारतीय अभिनेत्री चाँदनी शर्मा, तथा वरिष्ठ मिडिया पर्सन अखिलेश सिंहले संयुक्त रूपमा गायक पोखरेल र सञ्चारकर्मीलाई उक्त अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।
    ५ फेब्रुवरीको दिन भारतको मुम्बईस्थित ताज होटलमा आयोजित भव्य समारोहबीचसो समारोहमा भारतीय टेलिभिजनका चर्चित सेलीब्रेटीलाई समेत उक्त अवार्ड प्रदान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु