नेपाली चलचित्रकी प्रथम नायिका निर्मित चलचित्र ‘साइनो’ युट्युवमा सकारात्मक प्रतिक्रिया बटुल्दै

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । चलचित्र ‘साइनो’ युटुबमा रिलिज गरिएको छ । यो चलचित्र गतबर्षको साउनमा हलमा रिलिज भएको थियो । तर, चलचित्रले दर्शकको अपेक्षित साथ भने पाउन नसके पनि युटुबमा भने दर्शकको उल्लेख्य साथ पनि पाएको छ । चलचित्र ‘साइनो’लाई दर्शकले प्रतिक्रिया पनि सकारात्मक दिएका छन् ।
यो चलचित्रमा नायिका नीता ढुंगाना, मिरुना मगर, भूवन चन्दको साथमा नव–नायक राजकुमारको मुख्य भूमिका छ । दर्शकले नव–नायक राजकुमारको कामलाई पनि रुचाएका छन् ।

रमेश थापाले निर्देशन गरेको यो चलचित्रका सह–निर्माता शरण थापा हुन् । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले यो चलचित्रको निर्माण गरेकी हुन् । सार्वजनिक भएको दुई दिनमा यो चलचित्रलाई युटुबमा २ लाख भन्दा बढी पटक हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु