डीसहोममा ‘पोई पर्यो काले’

म्यूजिक खबर
प्रकाशित: २९ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । कार्तिक ८ गते बाट प्रदर्शनमा आएको फिल्म ‘पोई पर्यो काले’ डिसहोमको सिनेमा घर च्य्नाल नम्बर १०८ मा रिलिज भएको छ । हलमा समेत सफल रहेको यो चलचित्र कार्तिक २२ गते सुक्रबारबाट डीसहोममा रिलिज भएको हो । हाल सम्म चलचित्र हेर्न नपाएका दर्शकहरुलाई मध्यनजर गर्दै रिलिजमा ल्याइएको चलचित्रलाई दर्शकहरुले रु ३२५ मै घरमा स परिवारको साथमा हेर्न सक्नेछन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल लगायतको अभिनय रहेको छ । दैनिक ८ सो रहेको चलचित्रलाई दर्शकहरुले आफ्नो समय अनुकुल मिलाएर हेर्न सक्नेछन ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दिपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको संगीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु