• पृथक गायन रियालिटी सो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’का लागि अडिसन खुल्ला

    म्यूजिक खबर
    प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार

    काठमाडौँ । भ्वाइस स्टार नेपालले निर्माण गर्न लागेको गायन रियालिटी सो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को अडिसन खुल्ला भएको छ । इमेज टेलिभिजनबाट प्रसारणमा आउने उक्त रियालिटी सोको बिहीबारबाट अडिसन खुला गरिएको छ ।

    अन्य रियालिटी सोमा भाग लिइसकेका वा पाँच वर्ष भन्दा बढी अवधि देखि सांगीतिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरी निर्माण गर्न लागिएको नेपाल्स सिङ्गिङ सुपर स्टारको डिजिटल अडिसनमा समावेश हुनको लागि नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेट लामो भिडियो पठाउनु पर्ने आयोजकले बताएको छ ।

    अडिसनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपालबाट सम्पर्क छ । कार्यक्रम आउँदो २०७९ बैशाख १८ गते देखि हप्ताको दुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रुपमा प्रसारण हुनेछ । प्रसारण पहिले डिजिटल अडिसनबाट प्रतिस्पर्धीहरु छनोट हुनेछन् ।

    सोमा प्रस्तोताको रुपमा चर्चित टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र ख्याति प्राप्त गायिका केन्जल मेहर श्रेष्ठ रहनेछन् । यसैबीच आयोजक संस्था भ्वाइस स्टार नेपालले अडिसन आह्वानसँगै ‘रियालिटी सो’को निर्णायक टिम पनि सार्वजनिक गरेको छ । यो कार्यक्रममा निर्णायकको भूमिकामा ख्याति प्राप्त गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार अनुबन्ध भएका छन् ।

    ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को निर्देशन लामो समय देखि संचार क्षेत्रमा कार्य गरेर विज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले गर्नेछन् । यो रियालिटी सो को विजेताले २५ लाख पुरस्कार पाउने छन् । कार्यक्रमका निर्माता सुरज लाल जोशी हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु