• नेपथ्यको ‘मानवताका लागि संगीत यात्रा’

    म्यूजिक खबर
    प्रकाशित: ५ पुष २०७९, मंगलवार

    बुटवल । ‘मानवताका लागि संगीत यात्रा’ लिएर चर्चित सांगीतिक समूह नेपथ्य आउँदो शनिबार साँझ बुटवल आउँदै छ । मानव सेवा आश्रमद्वारा नेपथ्यसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    नेपथ्यको टोलीमा प्राविधिक समेत गरी करिब ७० जना हुनेछन् । बुटवल उपमहानगरपालिका–१२, रामनगरमा पुस ९ गते अपराह्न ४ बजेदेखि सुरु हुने सांगीतिक कार्यक्रमको तयारी पूरा भएको कार्यकम संयोजक लोकनाथ भुसालले बताए ।

    बुटवलमा हुने कन्सर्टका लागि ६ हजार टिकट बिक्री गरिने आयोजकले जनाएको छ । प्रतिटिकट शुल्क एक हजार रुपैयाँ राखिएको छ । टिकट खरिदका लागि मोबाइल एप ईसेवा, खल्ती र थुप्रै डटकमबाट अनलाइन बुकिङ गर्न सकिन्छ ।

    यस्तै, प्रत्यक्ष रूपमा बुटवलमा रहेको मानव सेवा आश्रमको कार्यालयमा गएर पनि टिकट गरिद गर्न सकिनेछ । बुटवलको राजमार्ग चौराह, मिलनचोक तथा ट्राफिकचोकलगायत स्थानमा स्टल स्थापना गरी टिकट बिक्री भइरहेको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु