• बन्ने भो चलचित्र ‘मायाङ्क’ ! नायिकालाई किन राखियो गोप्य ?

    म्यूजिक खबर
    प्रकाशित: १५ असार २०७५, शुक्रबार

    काठमाण्डौं । नेपाली चलचित्र ’मायाङ्क’ घोषणा गरिएको छ । प्रेमकथामा बन्ने यो चलचित्रको बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो । कार्यक्रममा चलचित्रका प्रमूख चार कलाकारहरु मध्ये तीनजना प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको उपस्थिती थियो । चलचित्रमा चारै जनाको बराबर भूमिका रहने बताईएको छ तर, एक नायिका भने कार्यक्रममा थिइनन् । उनको नाम र भूमिका समेत गोप्य राखिएको छ । कथाको मागअनुसार अर्की नायिकाको नाम समेत खुलाउन नमिलेको कार्यक्रममा बताईयो ।

    यो चलचित्रलाई रोमी मानन्धरले निर्देशन गर्दै्छिन् । उनले पहिलोपटक चलचित्र निर्देशन गर्न लागेकी हुन् । चलचित्रबारे बोल्दै उनले मिठो प्रेमकथामा चलचित्र बन्ने लागेको बताइन् ।

    यो चलचित्रमा अभिनय गर्न आफुले डेढ बर्षदेखी मेहनत गरिरहेको नव(नायक शुसिल उप्रेतीले बताए । ओस्कार कलेजबाट अभिनयमा ब्याचलर गरेका उप्रेतीले आफुले निर्देशकले चाहेअनुसारको चलचित्र दिनको लागि पुरा मेहनत गरिरहेको बताए । शुसिले ’लुट’ र ’लुट २’ चलचित्रमा सामो भूमिकामा अभिनय गरेता पनि मूख्य भूमिकामा भने ’मायाङ्क’ नै पहिलो चलचित्र हो ।

    चर्चित अभिनेता प्रशान्त ताम्राकारले ’मायाङ्क’मा आफ्नो अरु चलचित्रमा भन्दा भिन्न भूमिका रहेको बताए । ’सँधै एउटै लुक्समा देखिनुहुन्छ नी, चलचित्रमा पनि यस्तै हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले सबैले त्यस्तै सोचेतापनि आफु भने सँधै फरक अभिनय गर्ने कोशिस गरिरहेको बताए । नायिका ज्योत्सना योगीले ’मायाङ्क’ आफुले खोजेको जस्तै चलचित्र रहेको बताईन् ।

    चलचित्रका निर्माता जितेन्द्र खतिवडाले आफुले निर्देशक मानन्धरलाई पूर्ण बिश्वास गरेको बताए । मार्के्टिङ्कका ज्ञाता तथा व्यापारी खतिवडा एक्लैले यो चलचित्र बनाउन लागेका हुन् । नयाँ तरिकाबाट चलचित्रलाई बेच्ने योजनासहित यो चलचित्र निर्माण गर्न लागेको उनले बताए । ’मायाङ्क’ भदौ पहिलो साताबाट छायांकनमा गई माघमा रिलीज गर्ने तयारी रहेको निर्माता खतिवडाले बताए । चलचित्र प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु