संगीतमा नयाँ पुस्ताको बढ्दो आकर्षण – १३ वर्षिय संगीतकार, ८ वर्षीय बाद्यवादकको इन्ट्री !

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७८, बुधबार

काठमाडौं । पछिल्लो समय सांगीतिक क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढ्दो छ । सुरको जादु चलाएर रातारात हिट हुने मोह युट्युवमा भ्युअर्स र सामाजिक सञ्जालमा फलोअर्स बढाउने चाहनाले पनि नयाँ पुस्तालाई संगीतले आकर्षित गरेको पाइन्छ । तर केहि यस्ता नानीबाबु पनि छन् जो संगीतको ज्ञान लिन चाहन्छन् र संगीतमा डुब्न चाहन्छन् । त्यस्तै केहि यस्ता अभिभावक पनि छन् जो आफ्ना नानीबाबुलाई गीत संगीतको साधना गर्न प्रेरित गर्छन् ।

यस्तै संगीतको भरपुर ज्ञान लिएर संगीत साधना गर्न चाहने कान्छो पुस्ताका रुपमा भित्रिएका छन् सक्षम सिंह थापा र रिदम गन्धर्व । १३ वर्षीय सक्षम सिंह थापा संगीतकारका रुपमा भित्रिएका हुन् भने ८ वर्षिय रिदम गन्धर्वले व्यवसायिक रुपमा बाद्यबादन सुरुवात गरेका हुन् ।

गायिका सिन्धु मल्लको स्वर रहेको गीतमा सक्षमले सुदाम थापासँग मिलेर संगीत भरेका हुन् । नीरभीम विष्टको शब्द रहेको गीतलाई एरेन्ज सुदाम थापाले नै गरेका छन् । ए वान म्यूजिसियन स्टुडियोमा रेकर्ड भएको गीतमा वाद्यवादन रिदममले संगीतमा डेब्यु गरेका हुन् । गीत चाँडै भिडियो सहित सार्वजनिक संगीतकार सुदाम थापाले हामीलाई जानकारी दिए ।

सक्षम सिंह थापाकोे संगीतकारका रुपमा यो दोस्रो काम हो । उनले यस अघि नै सुमन पण्डित ‘बैरागी’ शब्द, सिन्धु मल्ल र देवमान तण्डुकारको स्वर रहेको गीतमा संगीत भरिसेका छन् । उक्त गीत पनि सार्वजनिक गर्ने तयारीमा रहेको सुदामले बताए ।

सक्षम सिंह थापा संगीतकार सुदाम थापा र गायिका सिन्धु मल्लका छोरा हुन् भने रिदम गन्धर्व चर्चित तवला वादक भुवन गन्धर्वका छोरा हुन् ।
आफूले हिंडेको संगीतको बाटोमा छोराले पनि अभिरुची देखाएकोमा खुशी भएको थापा दम्पती बताउँछन् । ‘नयाँ पुस्तामा विविधता छ । सबैले आआफ्नै शैली लिएर आएका छन् । उनीहरुलाई हाम्रो पुस्ताले प्रोत्साहन र ज्ञान दिनु जरुरी छ’ सुदामले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु