• 10th Music Khabar Music Award 2022
  • ‘साली भेना’ मा अनिता, रन्जित, कमल र रितुको ठुम्का

    म्यूजिक खबर
    प्रकाशित: ९ माघ २०७९, सोमबार

    काठमाडौँ । गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा ‘साली भेना’ बोलको नयाँ गीत बजारमा आएको छ ।

    सार्वजनिक उक्त गीतमा संगीतकार भीम बिसीले संगीत भरेका छन् । रमन निरौलाको शव्दमा तयार भएको उक्त गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

    देव दोर्जे लामाको निर्देशनमा तयार उक्त गीतको म्युजिक भिडियोमा मोडल अनिता गिरी, कमल सिंह, रितु लामा, रन्जित पौडेल फिचर्ड छन् । जीडी क्रिएसन युट्युव च्यानलबाट साभार गरिएको उक्त म्युजिक भिडियोमा निर्देशक लामाकै कोरियोग्राफी रहेको छ । दिपेन बस्न्यातले खिचेको उक्त म्युजिक भिडियोमा सुरज लामाको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु