अनाथ आश्रममा नेवाः सुन्दरीको जन्मदिन

म्यूजिक खबर
प्रकाशित: २० असार २०७८, आईतवार

काठमाडौं । नेवाः सुन्दरी नितु डंगोलले आफ्नो जन्मदिन बालबालिकाका साथ मनाएकी छिन् ।
मिस नेवाः ११३९ नितु डंगोलले शुक्रवार परेको आप्mनो जन्मदिन नयाँवानेश्वरको संगमचोकमा अवस्थित अनाथ आश्रम न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकाका साथ मनाएकी हुन् । उनले आश्रममा आश्रित ४० बालबालिकाकाबीच केक काटेर जन्मदिन मनाइन् । सो अवसरमा नितुले बालबालिकाको अध्ययनमा सघाउन उनीहरुलाई कपी, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री उपलब्ध गराएकी थिइन् । डंगोलले बालबालिकाको खानपानमा सघाउन खाद्य सामग्री पनि उपलब्ध गराएकी थिइन् ।

आप्mनो जन्मदिन फजुल खर्च गरेर मनाउनुको साटो बालबालिकाको दैनिकी र शिक्षामा सघाउन खाद्यान्न तथा कपीकलम उपलब्ध गराउँदा आत्मसन्तुष्टी मिलेको डंगोलले बताइन् । डंगोलले मिस नेवाःको आयोजक संस्था नेप्लीज फेसनहोमकी अध्यक्ष हेमा मानन्धर, नयाँ मिस नेवाः कृषा महर्जन, फष्ट रनर्सअप प्रिया तुलाधर लगायतका साथ आश्रममा पुगेर सहयोग गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु