निफमा : भुराजनीतिमा सिनेमाको भुमिका विषयक बहस, कसले के भने ?

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार

काठमाडौं । चैत २ देखि सुरु भएको छैटौं नेपालअन्तर्राष्टिय चलचित्रमहोत्सव (निफ)को दोस्रो दिन आज भुराजनीतिमा सिनेमाको भुमिका विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्नउक्त सेसनका प्रमुख वक्ताहरुमा चलचित्र निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा. लीलान्याईच्याईं र प्रो.खड्ग केसी थिए । सेसनको संयोजन तथा प्रस्तुति सञ्चारकर्मी योगेश ढकालले गर्नु भएको थियो ।

सेसनमा कस्ले के भने ?
प्रकाश सायमी :
हाम्रो कुरा हामीले भन्नजानेनौं । हामीले जहिल्यै सगरमाथा, बुद्ध र कुमारी भनेर बस्यौं । तर संसारले भने सृजनापस्किरहेको छ । र, आफूले चाहेको कुरा बेचिरहेको छ ।
भारतको २२ औं राज्यको रुपमासिक्किम बनेपछि भारतले डेनी डेनजोडपालाई हिरो बनायो । हिरो भनेको डेनी जस्तो हुन्छ र उसले हिन्दीबोल्छ भन्ने कुरा स्थापितगर्न यसो गरिएको थियो ।
बोल्सेभिक क्रन्तिपछि रसियामा लेनिनले फिल्मलाई धेरै महत्वदिए । जसले संसारमा रसियनफिल्मलाई मात्र स्थापि गरेन उनीहरुका सोच र सिद्धान्त पनि संदेशकारुपमाफिजाउन सफलभए ।

¬
डा. लीलान्याइच्याईं :
संसारमा नै सवैभन्दाशक्तिशालीमाध्यम मिडिया हो । यसअर्थ स्वभाविक रुपमा संदेश प्रवाहको यस माध्यमलाई सवैले प्रयोग गर्छन् नै ।
कसैले भनेको सुनेकीथिएँ, सिनेमाभनेको ध्वजाबहाकफिल्म जस्तै हो ।
अहिले बच्चाहरुले कि अंग्रेजीबोल्छन् कि हिन्दी । नेपालीभाषाबोल्यो भने कमजान्ने र बुझ्ने भन्ने बुझ्न थालिएको छ । म आफ्नो मातृभाषाबोल्छु, लेख्न गाहे छ । मेरा बच्चाहरुलाई बोल्नै गाहे छ । यो कस्ले गरायो ?

प्रो. खड्ग केसी :
फिल्मभनेको सफ्ट पावर हो ।
पुजीवादको लगानीकालागि पुरस्कार र अवार्ड आयोजना हुन्छ ।
सेलिब्रेटी पनि सफ्टपावर हुन् । भारतप्रति सकारात्मकबनाउनत्यहाँका सेलिब्रेटीहरु सहायक सिद्ध हुने गरेका छन् ।
हामीमाअध्ययन अनुसन्धानको कमीहुने धेरै कारण छन् । एउटा उदाहरण भन्छु, नेपालको २७बर्ष बराबरको बजेट हवार्ड विश्वविद्यालयले एक बर्षमाखर्च गर्छ ।

भोलीकाकार्यक्रम(२०७९।११।०४गते सनिबार)

१. हेर्दा हेर्दै कहाँपुग्यौं ? (सेसन, १ः३० देखि ३ः०० बजेसम्म)
वक्ताहरु,अशोक शर्मा, दीपाश्री निरौला, स्वस्तिमा खड्का र सुजीत बिडारी ।

२. मास्टर्श क्लास
प्रेमेन्द्र मजुम्दर (भारत) जुरी प्रमुख

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु