नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७८, सोमबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्षेनी आयोजना गर्दै आएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करण सम्पन्न भएको छ । कोरोना महामारीका कारण भर्चुअल रुपमा गत बैशाख २३ देखि २७ सम्म सम्पन्न भई अवार्ड घोषणा भएको थियो । भर्चुअल रुपमा भएको कारण पुरस्कार वितरण हुन सकेको थिएन । तर कोरोना केही कम भई सरकारले पनि केही गतिविधि खुला गरेको कारण चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।

‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सब’ भन्ने नाराका साथ सम्पन्न भएको यस महोत्सवको चौथो संस्करणमा पाँच अन्तराष्ट्रिय अवार्ड र सात राष्ट्रिय अवार्ड गरि जम्मा १२ अवार्डको परिणाम घोषणा गरिएको छ । जसमध्ये राष्ट्रिय सात अवार्ड र एक अन्तरास्ट्रिय अवार्ड वितरण गरिदैछ भने बाँकी अन्तराष्ट्रिय अवार्ड विजेताहरुलाई पठाउने व्यवस्था गरिएको छ ।

साथै नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करणको आवेदन खुल्ला गरिएको औपचारिक रुपमा जानकारी गर्दछौ । फिल्म फ्रिवेबाट गत असार १७ (जुलाई १, २०२१) गतेदेखि नै आवेदन खुल्ला गरिएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरुले डिसेम्बर २५,२०२१ सम्ममा आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्ने छन् । त्यस्तै जनवरी २५, २०२२ मा छनौट भएका चलचित्रहरुको घोषणा गरिनेछ । निफको पाँचौ संस्करण २०७८ चैत्र १० देखि १४ ( १०–१४ मार्च,२०२२) गतेसम्म हुनेछ । यस बर्षदेखि नेपाली प्रतिस्पर्धामा वृत्तचित्र पनि थप गरिएको छ र उत्कृष्ट वृत्तचित्रलाई रु ५००÷– नगद तथा ट्रफी प्रदान गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।

निफको चौथो संस्करणको सफल आयोजनाको लागि आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्ने सहआयोजक चलचित्र बिकास बोर्ड, प्रबर्धक टोखा नगरपालिका, ब्रिटिश काउन्सिल, राष्ट्रिय योजनाआयोग, अन्तरास्ट्रिय श्रम संगठन, नेट टिभी लगायतले प्रायोजन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु