चर्चित बेली डान्सर निखिलाको नेपाली फिल्ममा डेब्यू

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । अष्टे«लियामा बेली डान्सरका रुपमा चर्चित मोडल निखिला चपागाइँ नेपाली फिल्ममा डेब्यू गर्दैछिन् ।
हलिउड प्राविधिक र नेपाली सिनेकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्म ‘पर्पला’मा निखिला मुख्य भूमिकामा देखिन लागेकी हुन् । फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।
डान्स र अभिनयमा पोख्त निखिला अष्ट्रेलियामा हुने विभिन्न इभेन्टहरुमा डान्स तथा कोरियोग्राफरका व्यस्त रहँदै आएकी छन् । विभिन्न फेसन शोहरुमा समेत व्यस्त निखिलाले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । यसैबेला उनी अधिनेत्रीका रुपमा डेब्यू गर्न लागेकी हुन् ।
यसअघि विभिन्न फिल्ममा अफर आएर पनि स्क्रिप्ट चित्त नबुझेपछि इन्कार गरेकी निखिलाले भनिन्, ‘मलाई विषयवस्तु र कन्टेन्ट मन परेमात्र अभिनय गर्छु ।’ निखिलाले ‘पर्पला’को कथावस्तु मन परेको बताउँदै भनिन्, ‘यो फिल्मको कथा अष्ट्रेलियामा भएको रियल घटनामा आधारित छ । त्यसैले पनि मलाई मन प¥यो ।’
झापाबाट पाँच वर्षअघि अष्ट्रेलिया पुगेकी निखिला आफ्नो डेब्यू फिल्म ‘पर्पला’ रिलिज नहुँदै व्यस्त हुन थालेकी छन् । यतिखेर उनी दुई फिल्मको स्क्रिप्ट पढिरहेकी छन् । यदि मन परेमा ती फिल्ममा काम गर्ने उनको सोच छ ।


हाइट, फिगर र सुन्दरतामा जस्तै अभिनयमा समेत पोख्त निखिला भन्छिन्, ‘म हलिउड र बलिउडका केही कलाकारबाट प्रभावित छु ।’ उनी हलिउड अभिनेत्री सल्मा हायक, बलिउड अभिनेत्री जिनत अमान र राधिका आप्टेको अभिनयबाट प्रभावित छिन् भने नेपालका भने तृप्ति नाडुकर, नम्रता श्रेष्ठ र ऋचा शर्माको अभिनयबाट प्रभावित रहेको बताउँछिन् ।
आरकेएस अष्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निमार्ण भएको ‘पर्पला’को प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । जो नेपाली फिल्ममा खलपात्रका रुपमा चर्चित छन् ।
फिल्म ‘पर्पला’मा रविन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइँली र छवि अधिकारीको निर्माण तथा सह–निर्मातामा सिर्जना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइँली रहेका छन् ।
फिल्ममा निखिलाका अवाला पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, पे्रक्षा अधिकारीलगायतको मुख्य अभिनय देख्न सकिनेछ । यस फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्दैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु