
काठमाडौं । एकपछि अर्को गीत आफ्ना स्रोता, दर्शक माझ पस्कदै आईरहेका चर्चित गायक निमा पाख्रिन लामाले नयाँ गीत ‘याम्मैले होई’ को भिडियो सार्वजनिक गरेका छन् ।
पृथ्वी लामाको शब्द सिर्जना, निमा पाख्रिन लामा र लमु शेर्पाको स्वर समेटिएको गीतका संगीतकार पनि स्वयं निमा पाख्रिन लामाको नै रहेको छ ।
प्रतिक ङेस्युसर, रञ्जिता तामाङ, सोनम तामाङ र गायक लामाको समेत अभिनय रहेको भिडियोमा व्यवस्थापक जोग्लाल लामा, मिक्सिङ अर्पण थिङ्ग, छायांकन उमेश शाह, शृंगार बुद्धी तामाङ,
कोरियोग्राफर प्रतिक ङेस्युसर र निर्देशन, सम्पादन रोशन फ्युबा तामाङको रहेको छ ।
रसुवा जिल्लाको पार्वतीकुण्ड वरपरका हिमाली भेगको रमणीय स्थानहरुमा छायांकन गरिएको ‘याम्मैले होई’ हिमाली सेलो भाकाको गीत हो ।