दुर्घटनामा परेको जहाजमा सवार थिइन् गायिका निरा छन्त्याल

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७९, आईतवार

काठमाडौं । पोखरामा आज आईतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा लोक दोहोरी गायिका नीरा छन्त्याल समेत रहेकी छन् ।

विमानमा सवार यात्रुको लिस्टमा उनको नाम एघार नम्बरमा देख्न सकिन्छ ।

पोखरामा भैरहेको भलिबल प्रतियोगिताको मुख्य आकर्षण बनेर उनी एक बजेको कार्यक्रमका लागि भन्दै आज बिहान यात्रामा थिइन् ।

नेपाल छन्त्याल युवा संघ कास्कीको आयोजनामा चौथो सङग बहादुर तथब्जा स्मृती कपमा उपस्थिती जनाउन जाँदै गरेको उनी स्वयमले सामाजिक सन्जालमा पोस्ट गर्दै जानकारी दिएकी थिइन् ।

दुई घन्टाअघि मात्रै उनले माघे संक्रान्तीको शुभकामना सहितको पोस्ट सामाजिक सन्जालमा राखेकी छन् । जहाँ उनका शुभचिन्तकले भगवानसंग उनको जिवन बचाउन आग्रह गरेको कमेन्ट देख्न सकिन्छ ।

कमल केसी नेतृत्वको यति एयरलाइन्सको ९ एन–एएनसी जहाजले बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडान भरेको थियो ।

विमानमा अन्जु खतिवडा कोपाइलट रहेकोमा एस हुन्चु र ओए मगर परिचारिका थिए ।

मुरली धुन, फूल केसरी जस्ता गीत सङै नीराका धेरै दोहोरीहरु समेत दर्शक माझ चर्चित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु