
काठमाडौं । संगीत तथा चलचित्र उत्पादक समाजका निवर्तमान अध्यक्ष निर्मलराज ढकालको निधन भएको छ । माउन्टेन म्यूजिक एण्ड मुभीका प्रबन्ध निर्देशक, नेपाल संगीत उद्योग संघको पूर्व महासचिव समेत रहेका निर्मलराज ढकालको फागुन २ गते (आज) विहान निधन भएको थियो । दुईदिन अगाडि मात्र अकस्मात घरको भ¥याङबाट लडेका उनको गंगालाल अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सूर्य मगरले जानकारी दिए ।
अधिवक्ता समेत रहेका श्री निर्मल राज ढकाल पछिल्लो समय गीतसंगीतको क्षेत्रसँगै वकालतको कार्यमा सक्रिय थिए । उनको एक छोरा, एक छोरी र श्रीमती रहेका छन् । उनको असामयिक निधनले संगीत क्षेत्रलाई स्तब्ध भएको छ । म्युजिक खबर परिवार यस दुःखद घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । शोक सन्तप्त परिवारजनमा भगवानले हार्दिक समवेदना प्रकट गर्दछौं ।