भट्टराई, केसी र हमालको सहकार्यमा फरक सिर्जना

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार
Krishna KC_Shiva Hamal

काठमाडौं । गायिका निरुशा भट्टराई, गायक कृष्ण केसीको स्वर एवं शिव हमालको शब्दमा निर्माण भएको नयाँ सिर्जना ‘जाम सुस्तै सुस्तै बेनीको बजार’ फरक स्वादको आशा लाग्दो गीतका रुपमा लिएको बताएका छन् । गीतको संगीत गायक केसीको रहेको छ । गीतको निर्माणको क्रममा रहेका उनीहरुले अडियोको काम सकिसकेका छन् । स्टुडियो वान डीबीमा रेकर्ड भएको यो गीत अहिलेसम्मकै फरक स्वाद प्रस्तुत गर्न लागेको गीतकार शिव हमालले बताए ।
पछिल्लो समयका चर्चित एरेन्जरका रुपमा समेत परिचित कृष्ण केसीकाे संगीत र स्वरमा रहेको यो गीतमा फरक स्वरकै साथ उपस्थित भएकी गायिका हुन् निरुशा भट्टराई । गीतसंगीतमा सम्भावना बोकेकी गायिका भट्टराईलाई यो गीत सार्वजनिक भएपछि फरक रुपमा नै स्रोताहरुले पाउनेछन् । शब्द, संगीत र स्वरको त्रिवेणीमा फरकपन भेटिएकै कारण पनि उनीहरुको सहकार्यले चर्चा बटुल्ने आशा लिइएको छ । त्यस्तै धेरै गीतमा स्वर दिइसकेका संगीतकार तथा गायक केसीले आफूलाई यो गीतबाट गायनमा नै चर्चा दिलाउने आशा लिएको बताएका छन् ।
गीतको रेकर्डिङको विनोद परियारले गरेका छन् भने मिक्सिङ एचबीएन किस्मतको रहेको छ । गीतको भिडियोका लागि कलाकारहरुको छनौट भइरहेको र आसन्न निर्वाचन पछि यसको भिडियो छायाँकन गरिने गीतकार हमालले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु