गायिका निसा राईको स्वरमा ‘प्रेमबाट ’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७५, आईतवार

काठमाडौँ, कार्तिक १२ । गायिका निसा राईको स्वरमा रहेको ‘प्रेमबाट’ बोलको गीतको भिडियो बजारमा आएको छ । युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ ।
रेमन राईको बास्तविक जिवन भाोगाईलाई समेटेर रेमन राईको शब्द सिर्जनामा गीत बजारमा आएको हो । इसान राईको संगीत संयोजनमा रहेको गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा समेटिएको छ । महेश थापाले एरेन्ज गरेको गीतलाई निकै राम्रो तरिकाबाट समेटिएको छ । भुपेन्द्र तुम्वाहाम्फेको छाँयाँकन , विकाश धमलाको सम्पादन , दिनेश मेगमुको निर्देशन भिडियोमा रहेको छ । ‘प्रेमबाट ’ गीतमा मिलन क्षेत्री , सलिना धिसिङ , असोक लिम्वु र माया लामाको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु