• गायिका निसाको ‘प्रेमबाट’ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १२ कार्तिक २०७५, सोमबार
    काठमाडौँ । गायिका निसा राईको स्वरमा  रहेको ‘प्रेमबाट’ बोलको गीतको भिडियो बजारमा आएको छ ।  युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतमा समेटिएको छ ।
    रेमन राईको बास्तविक जिवन भाोगाईलाई समेटेर रेमन राईको शब्द सिर्जनामा गीत बजारमा आएको हो । इसान राईको संगीत संयोजनमा रहेको गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा समेटिएको छ । महेश थापाले एरेन्ज गरेको गीतलाई निकै राम्रो तरिकाबाट समेटिएको छ ।
    भुपेन्द्र तुम्वाहाम्फेको छाँयाँकन , विकाश धमलाको सम्पादन , दिनेश मेगमुको निर्देशन भिडियोमा रहेको छ । ‘प्रेमबाट ’ गीतमा मिलन क्षेत्री , सलिना धिसिङ , असोक लिम्वु र माया लामाको फिचरिङ रहेको छ ।
    हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु