प्रतिष्ठानमा निशा शर्मा कुलपति, कुस्मा महरा सदस्य सचिव नियुक्त

म्यूजिक खबर
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नाट्यकर्मी निशा शर्मा नियुक्त भएकी छिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा यस प्रतिष्ठानको कूलपतिमा नाट्यकर्मी निशा शर्मा नियुक्त भएकी हुन् । यस्तै प्रतिष्ठानको उपकूलपतिमा गायक शम्भु राईलाई नियुक्त गरिएको छ । यसैगरी प्रतिष्ठानको सदस्य सचिवमा कुस्मा महरा (प्रगति)लाई नियुक्त गरिएको छ ।

प्राज्ञ परिषद सदस्यहरूमा कर्ण बहादुर गौतम (इमान साइँला), बखत बहादुर हमाल (सुवर्ण), डक्टर राई, हिसन बहादुर मगर, टीका पुन, चेतन सापकोटा नियुक्त भएका छन् । यी पदाधिकारी सहित प्रतिष्ठानमा २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त भएका छन् । जसमा प्राज्ञ सभामा भीषण मुकारुङ राई, राधा राई, कला राई, टीकाराम राई, शान्ति कठायत, हरिप्रसाद पौडेल, सरोज कुमार मादेन, विष्णु मोक्तान, देवकुमार चौधरी, पुरु लम्साल लगायतका रहेका छन् ।

संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञाप्रतिष्ठानको नयाँ कार्य समिति गठन गरेका हुन् । मन्त्री परिषदले उनी सहित विभिन्न संगीत तथा नाट्यकर्मीलाई समेटेर नयाँ परिषद पदाधिकारी नियुक्त गरेको हो । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिवमा महिला नेतृत्व यो पहिलो पटक हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु