नविता र निशान भट्टराईको स्वरमा “बरिलै” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपाली गीत संगीत क्षेत्रमा उत्कृस्ट गीत संगीत र प्रतिभाशाली कलाकारको आगमनले संगीत क्षेत्र दिनानुदिन राम्रो हुदै गैरहेको छ । त्यस्तै गायिका नविता पौड्याल र गायक निशान भट्टराईको स्वरमा “बरिलै” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल अमेरिकामा रहेकी गायिका नविता पौड्याल निरन्तर गीत संगीतमा क्रियाशील छिन। यसघि उनले स्लो रोमान्टिक पप , आधुनिक र नन कमर्शीएल गीत सोर्ता माझ प्रस्तुत गरिसकेकी छिन। बरिलै बोलको यस गीतबाट आफु निकै आशावादी रहेको र सोर्ता दर्शक बाट राम्रो प्रतिक्रियाको अपेक्षा रहेको गायिका पौड्यालले बताएकी छिन ।

उक्त गीतमा दिपक शर्माको शब्द रहेको उक्त गीतमा लय संकलन पनि शर्मामाकै रहैको छ भने उदय राज पौडेलले संगीत संयोजन रहेको छ । “बरिलै” बोलको गीतको भिडियोलाई सुब्रत राज आचार्यले कन्सेप्ट र निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा नायिका वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ र टिकटक बाट भाइरल भएका अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने सोही गीतको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु