• कस्तो होला नीताको ‘मनको धोको’ !

    म्यूजिक खबर
    प्रकाशित: ३ कार्तिक २०७९, बिहीबार

    काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘मनको धोको’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द–संगीत, देवस राईको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
    सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफ रहेको गीतको भिडियोमा सनम कठायत, शृष्टि खडका र शेजल आचार्यलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

    गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता÷दर्शकमाझ पस्किएका छौ, आशा छ सबैले मन पराइदिनुहुने छ’, गायिका आचार्यले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु