नीताको ‘ह्रस्वदीर्घ’ को छायांकन शुरु

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७९, सोमबार

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’को छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट शुरु भएको छ । सोमबार क्यामेरा र स्क्रिप्ट पूजाआजा गरेपछि नेपाली कलाकार र साउथ फिल्मका लोकप्रिय कलाकार अलीको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो ।

आज आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट एक भिडियो सन्देश सार्वजनिक गर्दै नीताले चलचित्रको सुट सुरु भएको जानकारी गराएकी हुन्।

हालसमम चलचित्रमा झण्डै एक दर्जन कलाकार अनुबन्धित भइसकेका छन्। कथाले धेरै कलाकारहरु मागेकाले अहिलेसम्म कलाकार छनौट भएको निताको भनाई छ। रामोजी फिल्म सिटीबाटै सन्देश जारी गरेकी नीता भन्छिन, ‘कथाले मागेकाले धेरै कलाकारहरु जोड्नुपर्यो। । त्यसैले धेरै अनि राम्रा राम्रा कलाकारहरु समावेश गरेका छौं। नेपाली चलचित्र यसरी संसारकै वा भनौँ एसियाकै सबैभन्दा ठूलो स्टुडीयोमा खिचिनु नेपाली र नेपाली चलचित्र क्षेत्रको लागि ठूलो कुरा हो। पहिलो कदम मैले चाले। साथ र समर्थनको धेरै आशा छ।’

नेपालीमात्र नभएर बलिउडका कलाकारलाई पनि चलचित्रमा समावेश छन्। हजारभन्दा धेरै फिल्मको रेकर्ड राखिसकेका भारतीय अभिनेता ब्रह्मानन्दमसहित चर्चित दक्षिण भारतीय फिल्म ‘पुष्पा’मा खलपात्रको रोल गरिसकेका सुनिल बर्मा चलचित्रमा फिचर्ड हुने भएका छन्।

यसैगरी ‘गजनी’ फेम्ड अभिनेता प्रदीपराज रावत पनि चलचित्रमा रहनेछन्। १६ वर्षपछि अभिनेत्री विपना थापाले यसै चलचित्रबाट कमब्याक गर्दैछिन्।

त्यसैगरी चलचित्रमा नीतासहित हरिहर अधिकारी, सरोज खनाल, गरिमा शर्मा, रविन्द्र झा, आदर्श मिश्रा, लक्ष्मी पौडेल, एम.डी वसिम राजा, नरेन खड्का लगायतका कलाकारको अभिनय रहनेछ। चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्ने भएका छन। निता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई भारतीय सिनेम्याटोग्राफर कवीरलालले छायांकन गर्नेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु