काठमाडौं । साङ्गीतिक टूरका लागि अष्ट्रेलिया उडेका चर्चित गायक नितेशजंग कुवँरले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाल फर्कनुपरेको छ।
‘द रिबर्थ’ सांगीतिक टूरका लागि अस्ट्रेलिया उडेका कुँवर पासपोर्ट हराएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ फर्किएका हुन् ।
कुवँरले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू अष्ट्रेलिया जाँन लागेको र हङकङ एयरपोर्टको ट्रान्जिटमा पासपोर्ट हराएपछि नेपाल फर्कन लागेको बताएका छन्।
गायक कुँवरले भिडियोमा भनेका छन् – हङकङ एयरपोर्टको ट्रान्जिटमा मैले पासपोर्ट हराएँ । तीन दिन यही एयरपोर्टमा बस्नुपर्ने हुन्छ । त्यसपछि म नेपाल फर्कन्छु । मैले पासपोर्ट हराएर गल्ती गरेको छु । नेपाल गएर नयाँ पासपोर्ट बनाएर आउँछ ु। आयोजक र शुभचिन्तकहरुसंग माफी माग्न चाहन्छु। अर्को कार्यक्रममा रमाइलो गरौला। यहाँ मलाई सबैले माया गरिरहनु भएको छ । म ठिक छु ।’
साङ्गीतिक टूर ‘रिबर्थ’का लागि कुवँर आफ्नी आमा र गायिका समृद्धि राईसँग अस्ट्रेलियातर्फ उडेका थिए।
Photo source-google