
काठमाडौं । गायक नितिन गजुरेलको सुमधुर स्वरमा सजिएको ‘काचुंली’ बोल रहेको गीतको सार्वजनिक भएको छ । नीरभीमको शब्द, सुदम थापाको सङ्गीत रहेको गीतमा फडिन्द्र राईको संगीत संयोजन रहेको छ । सत्य कथामा आधारित अली फरक सन्दर्भ लभ, थ्रिलर, एक्सनले भरिपूर्ण गीतको भिडियोमा विकास लामिछाने, कमल सिंह र इस्टु कार्कीको त्रिकोणात्मक प्रेम र रोमान्स देख्न सकिन्छ ।
भिडियोलाई र्यान कार्कीले निर्देशन गरेका हुन भने सिनेम्याटोग्राफर बुद्ध थापा, बिष्णु खड्काले सम्पादन, कलरिङ्ग तथा पोस्टर डिजाइन गरेका हुन । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।