नेपाली मोडल नितुलाई भारतमा ‘आर्टिष्ट इन्डियन आइकन अवार्ड’ र ‘नारी रत्न’ उपाधि

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७६, मंगलवार

काठमाडौं । नेपाली मोडल अब देशभित्र मात्र होइन विदेशमा पनि काम पाउन थालेका छन् । कतिपयले त विदेशमा पनि उत्कृष्टमा दरिएर सञ्चार माध्यममा छाएका छन् । सम्मान र पुरस्कार हासिल गरेका छन् । यस्तैमा पर्छिन् नेपाली मोडल नितु कोइराला गौतम । गएको साता भारतको फरक फरक स्थानमा आयोजित कार्यक्रममा नेपाली मोडल नितु सम्मानित भएकी छिन् । उनलाई ‘आर्टिष्ट इन्डियन आइकन अवार्ड’ र ‘नारी रत्न’ उपाधिबाट सम्मानित गरियको छ ।

उक्त कार्यक्रममा विभिन्न देशमा बसेर कला,साहित्य र समाजमा योगदान पुर्यौने ब्याक्तित्व हरुलाइ सम्मान गरियको थियो।नितु लाई चाहिँ नेपालमा रहि कला र समाजसेवा गरे बापत उक्त सम्मान प्रदन गरिएको थियो । यो सम्मान पाउने नितु एक मात्र नेपाली चेली हुन् । आफू कलाकार हुनुमा र नेपाली चेली हुनुमा खुशी अनि गर्वलागेको कुरा हामीसँगको कुराकानीमा नितुले सुनाइन् । म्यूजिक खबर परिवारको तर्फबाट पनि नितु लाई हार्दिक बधाई एवं शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु