नृपेश, कृशल र समिक्षाको ‘मायाको पोको’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७८, बिहीबार

काठमाडौं । गीत तथा गजल लेखनमा लामो समयदेखी सक्रिय रहँदै आएका गीतकार हुन् नृपेश उप्रेती । यतिबेला नृपेशको शब्दमा रोमान्टिक गीत ‘मायाको पोको’ सार्वजनिक भएको छ ।

तिलक कट्टेलको संगीत रहेको यस गीतमा कृशल कडेल र समिक्षा अधिकारीकोले स्वर दिएका छन्। पुरुषोत्तम सुबेदीको संगीत संयोजन गरेको गीतलाई राजेश श्रेष्ठलेले ए वन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा किशोर थापाले मिक्सिङ र मास्टरिङ्ग गरेका हुन् ।

गीतकार उप्रेतीका यसअघि आफ्नै जिन्दगी, बरिलै, ओडेर घुघंट, पोइ पर्यो काले, लगायतका ६ दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।

प्रबिन थापा ले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडलहरू कविता न्यौपाने, राजेन्द्र लोहनी, सिमरन धिताल र विधान खनाको अभिनय रहेको छ । अडियो भिडियो दुबै राम्रो रहेको यस गीतले सांगीतिक धरातलमा चर्चा र सफलता पाउनेमा सम्भावना रहेको छ ।

खुशी इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको र “अल्लारे ठिटो” उप शिर्षक रहेको यस गीतकी निर्मात्री सोबिता सडौला उप्रेती हुन् । नवराज भट्टराई प्रोडक्शन डिजाईनर रहेको भिडियोलाई हरिश महराले छायांकन र शक्ति प्रज्वल घिमिरेले सम्पादन, गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु