• बहराइनमा ‘प्रवासी नेपाली सांगीतिक साँझ– २०२३’ सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: १९ असार २०८०, मंगलवार

    कृष्ण हमाल, बहराइन । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व इद अल अधाको अबसरमा बहराइनको राजधानी मानमा स्थित डेल्मोन ईन्टरनेशनल होटेलमा २९ जुन २०२३ नेपालमा रहेका अति बिकट क्षेत्रमा रहेको अनाथ असाय बालबालिकाको सहयोगार्थमा कार्यक्रम सम्पन्न भएको छ ।

    सो कार्यक्रमको अनौपचारिक कार्यक्रम संचालन यसै प्रवासी नेपाली मञ्च बहराइन का उप–सचिब धन्जय जोशीले गरेका थिए त्यस पश्चात् कार्यक्रम को औपचारिक संचालन प्रवासी प्रबासी नेपाली मञ्च बहराइनका सचीव अमर श्रेष्ठ गर्नु हुँदै मञ्च का अध्यक्ष हरी कुमार श्रेष्ठको सभाअध्यक्षमा , प्रमुख अतिथि नेपाली राजदुतावास बहराइनका नियोग प्रमुख श्री अरुणा घिसिङ , विशेष अतिथी नेपाली राजदुतावास बहराइन का श्रम सहचारी श्री जमुना काफ्ले, विशेष अतिथी प्रवासी नेपाली मञ्च मध्यपुर्ब संयोजक श्री शालिग्राम पन्त साथै सुदुरपश्चिम सेवा समाज अन्तर्राष्ट्रिय कमिटी का अध्यक्ष शेरबहादुर रावत ,अन्तरास्ट्रीय कलाकार समाजका ग्लोबल प्रतिनिधि असिम महत विशेष अतिथी बहराइनमा स्थापित विभिन्न बैचारिक सगठनका प्रमुख तथा प्रतिनिधि हरु , गैरआबासिय नेपाली संघ बहराइन , नेपाली क्लव बहराइन साथै आदिबासी जनजाति महासंघ बहराइन ,अतिथिहरुमा सामाजिक संघसंस्थाहरु , जातिय , क्षेत्रीय संस्थाका प्रतिनिधिहरु साथै प्राबिधिक ,फोटो पत्रकार ,व्यावसायी हरु बहराइन तथा अन्य देशका आर्थिक सहयोगीहरुको पनि उपस्थिति रहेको थियोे ।

    कार्यक्रम उद्द्घाटन प्रमुख अतिथी , सभाअध्यक्ष साथै विशेष अतिथी एवम् अतिथी ज्यु हरुले एकै साथ पानसमा बत्ती बालेपछि बहराइन र नेपालको रास्ट्रीय गीत बजाएर भएको थियो।

    स्वागत मन्तव्य कार्यक्रम संयोजक एवम् प्रवासी नेपाली मञ्च बहराइन का उपाध्यक्ष प्रेम क्षेत्रीले गरेका थिए नेपालदेखि कलाकार गिरिश खतिबडा उपस्थित बनाउन नसकेकोमा आयोजकको तर्फबाट क्षमा माग्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई एकमुष्टमा धन्यवाद दिएका थिए । सोही क्रममा नेपाली राजदुतावास बहराइनका नियोग उप(प्रमुख श्री अरुणा घिसिङ ज्युले नेपाल र बिदेश देखि आमन्त्रित कलाकारहरुलाइ धन्यवाद दिदै कार्यक्रम को उदेश्य पनि एकदमै राम्रो, कार्यक्रम भब्य र सब्य साथै अनुसासित रूपमा सम्पन्न गर्न अनुरोध गर्नु भएको थियो ।

    अन्त्यमा पहिलो चरण को कार्यक्रमलाई सभाअध्यक्ष बाट समापन गर्दै दोस्रो चरणको ‘प्रवासी नेपाली सांगीतिक साँझ–२०२३’ संचालन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल प्रतिनिधि अशिम महतले शुरु गरेका थिए । कार्यक्रमको पहिलो प्रस्तुति गायक तुलसी सिबाकोटीले आफ्नो एकदमै राम्रो प्रस्तुति दिनु भएको थियो साथै कार्यक्रममा दोस्रो प्रस्तुति अहिलेका निकै चर्चित गायिका तथा डान्सर प्रीति आले मगरले दर्शक झुमाइन त्यस्तै गायिका सुबानी मोक्तानले आफ्नो सोलो गीतदेखि आफ्नो दर्जनौं गीत प्रस्तुत गरिन आफ्नो रिलिज नै नभएको एउटा नयाँ गीत नै प्रस्तुत गरिन । कार्यक्रमको गायिका तथा डान्सर प्रीती आले मगरले अन्तिममा आफ्नो चर्चित गाना बाटो खाली गर जस्ता गीत गाएर दर्शकलाई अझ रमाइलो गरिदिनु भएको थियो यो पनि उनिको बहराइन आएको दोस्रो पटक हो अन्त्यमा सागीतिक कार्यक्रम संचालन असिम महत बाट कार्यक्रम सकिएको बताएका थिए ।

    अन्त्यमा कार्यक्रममा खटिनु भएको सम्पुर्ण स्वयंसेवक मित्रहरुलाई प्रवासी नेपाली मञ्च मध्यपुर्व संयोजक शालिग्राम पन्त ज्यु बाट सम्मान पत्र वितरण भएको थियो ।


    फोटो सौजन्य –
    फोटो पत्रकार कृष्ण गुरुङ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु