पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७६, आईतवार

काठमाडौं । ओखलढुङ्गा कला साहित्य समाजले आफने प्रथम बार्षिकोत्सव तथा दोस्रो साधारण सभाको सन्र्दभ पारेर पाँच जना श्रष्टालाई सम्मान गरेको छ । ओखलढुङ्गा जिल्लामा जन्मिएर गीत, संगित कला र साहित्यमा विगत चार दशकदेखि सक्रिय महाप्रसाद खनाललाई आजिवन मुधन्र्य श्रष्टा अर्पण गरिएको छ । त्यस्तै नेपाली हास्य क्षेत्रका उदयमान कलाकार सुमन कार्कीलाई अभिनय तथा हास्यव्यङ्ग्य तर्फको ओखलढुङ्गा कला सम्मान तथा गायक जिवन बम्जनलाई गायन, गोपाल सेन्चुरीलाई लेखन, तथा सुजन राई रोकमीलाई नृत्य तथा अभिनय तर्फको ओखलढुङ्गा कला सम्मान अपर्ण गरिएको छ । सो अबसरमा, ओखलढुङ्गा कला साहित्य समाजको स्थापना देखि सक्रिय सहयोग पु¥याउनु हुने विभिन्न व्यक्तित्वलाई कदर तथा सम्मान पत्र अर्पण गरिएको थियो । सो अबसरमा आयोजना गरिएको सांगीतिक साँझमा बरिष्ठ लोक गायक नविन ढुङ्गेल, शशी कुमार श्रेष्ठ, बलबहादुर परियार, राज राई, जीवन बम्जन लगायत नयाँ तथा पुराना कलाकारले सांगीतिक प्रस्तुति दिनुभएको थियो। त्यस्तै सुमन कार्की लगायत विभिन्न कलाकारले हास्यव्यंग्यका साथै विभिन्न नृत्य प्रस्तुत गरको थिए । ओखलढुङ्गालाई साहित्यीक पर्यटनक्षेत्र बनाइने रक्षा मन्त्री ईश्वर पोखरेलले, ओखलढुङ्गालाई साहित्यीक पर्यटनको गन्तब्य बनाउन सक्दो पहल गर्ने वचन दिनुभएको छ । काठमाडौँको जोरपाटीमा सनिबार ओखलढुङगा कला साहित्य समाजको दोस्रो साधारण सभा तथा प्रथम वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै, प्रथम गायीका मेलवादेवी, कवी सिद्धीचरण श्रेष्ठ, गायक पाण्डव सुनुवार, तथा अहिलेको राष्ट्रगानका सर्जक व्याकुल माइला, जन गायक रामेस, रायन लगायतले नेपाली गीत संगीत तथा साहित्यको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसागर्दैै ओखलढुङगालाई साहित्यीक पर्यटनसंग जोड्न पहल गर्ने बताउनु भएको हो । त्यस्तै ओखलढुङगा, सोलुखुम्बु र खोटङलाई जोडेर पर्यटकीय स्वर्णिम सगरमाथा चक्रपथ निमार्ण गर्ने योजना रहेको पनि जानकारी दिनुभयो । कार्यक्रममा सांसद यज्ञराज सुनुवारले ओखलढुङगाका पर्यटकीय सम्भावना बोकेका स्थानहरु रुम्जाटार, पोकली झर्ना, थोलेदेम्बा लगायतका क्षेत्रहरुमा पूर्वाधार बिकासका गर्नुपर्नेमा बताउनुभयो । त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ रायनले, कला साहित्यको खोज तथा प्रर्वद्धनका लागि भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । पुराना कला साहित्यको संरक्षण तथा खोजका लागि आवश्यक सहयोगका लागि आफु तयार रहेको उहाँको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्व सांसद रामहरि खतिवडा, बालकृष्ण ढुङ्गेल, प्रदेशसभा सदस्य अम्बिर बाबु गुरुङ लागायतका बक्ताहरुले ओखलढुङ्गाको साहित्य र पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समाजका अध्यक्ष गोम्बु शेर्पाले विकास र साहित्य क्षेत्रको उन्नयनका लागि एक हुन सबै राजनितिक दलहरुलाई आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु