• श्रीमान–श्रीमतीसँगै नचाउने मौलिक दोहोरी तीज गीत : ‘लैबरीलै’

    म्यूजिक खबर
    प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

    काठमाडौं । २०८० सालको तीज पर्वलार्ई लक्षित गरेर बजारमा एकपछि अर्को तीज गीत सार्वजनिक हुने क्रम जारी छ । सोही क्रममा गायिका लोकप्रिय सिता केसी र गायक जय देबकोटाको तीज गीत ‘लैबरीलै’ सार्वजनिक भएको छ । थुप्रै लोकप्रिय गीत पस्किसेकी गायिका केसी र गायक देबकोटाले यस वर्षको तीजमा दिदीबहिनीसँगै दाजुभाइलाई नचाउन नयाँ गीत ल्याएका छन् ।

    पछिल्ला केहि वर्षयता तीजमा महिला मात्रै नभई पुरुष पनि उतिकै रमाउन प्रचलन बढ्दै गएको छ । यो गीत पनि महिला पुरुष सबै रमाउन सकिने बनेको छ ।

    गीतलाई गायक जय देबकोटाको आफ्नै अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । । सार्वजनिक गीतमा शब्द रचना र संगीत समेत स्वयं गायिका सिता केसीको रहेको छ । भने मदन केसीले एरेन्ज गरेका हुन ।

    गीतमा आरुसी मगर, जुनु एसडी, रितु तामाङ, चहान श्रेष्ठ, सुमित्रा श्रेष्ठ, राज सुबेदी, जय देबकोटा, पवन केसी, मदन केसी र रोयल लामाको अभिनय रहेको छ । गीतको भिडियोलाई क्रान्ती केसीले निर्देशन तथा सम्पादन गरेको भिडियोलाई राम केसीले छायाँकन गरेका हुन् ।

    तीजको मौलिक भाव यूक्त शब्द, संगीत, स्वर र सशक्त अभिनय रहेको गीत सार्वजनिक गरेपछि गायिका सिता केसीले भनिन्, ‘यतिन्जेल दर्शक श्रोताबाट माया पाउँदै आएकी छु । आशा छ यो गीतबाट पनि माया पाउने छु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु