• मौलिक तीज गीत ‘हरहर महादेब’ मा अनिलको शब्द, सिमरन र हेमराजको स्वर

    म्यूजिक खबर
    प्रकाशित: २ भाद्र २०८१, आईतवार

    काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक भइनै रहेका छन् । यसै क्रममा ‘हरहर महादेब’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा उदीयमान गायिका सिमरन परियार र गायक हेमराज डाँगीको स्वर स्वर सुन्न पाइन्छ ।

    लामो समयदेखि गीति लेखनमा सक्रिय रहेका गीतकार अनिल खनालले गीतका शब्दहरु लेखेका हुन् । गीतको सङ्गीत, सङ्गीत संयोजन र मिक्सिङ तथा मास्टरिङ समेत हेमराज डाँगीले गरेका हुन् । म्युजिक भिडियोमा दिनेश डाँगी र गायिका सिमरन परियारलगायत कलाकारको अभिनय छ ।

    दिनेश सिंह ठकुरीको निर्देशन रहेको भिडियोलाई सरोज शाहीले छायाङ्कन गरेका हुन् । गीत सार्वजनिक भएपछि गीतकार खनालले हामीसँग भने– ‘मौलिक गीत परिवारका सबैजना एकै स्थानमा बसेर सुन्न र रमाउन सकिने गीत ल्याएका हौं ।’ कतिपय तीज गीत विवादमा तानिँदै आएका बेला यस्ता मौलिक गीतले पर्वको महत्व झल्काउने उनले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु