• मौलिक तीज गीत : ‘तीज आयो स्वामी राजा’

    म्यूजिक खबर
    प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार

    काठमाण्डौ । यो वर्षको तीज पर्व नजिकिंदै गएको छ । तीज आउनु भन्दा दुई महिना अघिदेखी थुप्रै गीतहरु सार्वजनिक भइरहेका छन् । यही भीडमा तीजकै सान्दर्भिक समय मिलाएर ‘तीज आयो स्वामी राजा’ बोलको गीत पनि थपिएको छ ।
    प्रकाश कटुवालको लय तथा शब्द सिर्जना तयार भएको यस गीतमा प्रकाश कटुवाल र गायिका सिर्जु अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।

    गीतमा एक चेली माइतीघर जाने खुसीमा गदगद भएको कथा समाबेस गरिएको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल, आरुषी मगर, समिक्षा छेत्री, ममता राना, रिया खड्का, बिनोद लामा, प्रकाश सोनी,नवराज काप्री, रति खड्का, भरत श्रेष्ठ र शंकर परियारको अभिनय रहेको छ ।
    बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन राम के सी ले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई प्रकाश कटुवाल अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु