• मौलिक तीज गीत ‘आफ्नै घर आँगनमा नाच फरर’

    म्यूजिक खबर
    प्रकाशित: २९ श्रावण २०८०, सोमबार

    काठमाडौँ । गायिका भावना आचार्य र गायक डेभिड शङ्करको स्वर रहेको नयाँ तीज गीत–‘आफ्नै घर आँगनमा नाच फरर’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा गायिका भावनाकै शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मञ्जु थापा फिचर्ड छन् ।

    भिडियोमा महानायक हमाल र मोडल मञ्जुको केमेस्ट्री सुहाएको छ।
    देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोमा कोरियोग्राफी पनि निर्देशक पाण्डेकै रहेको छ । भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। युट्युब बक्समा गीतले राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु