गीतमा – तीजको मौलिकता, मर्मसँगै इतिहास र आधुनिकताको उत्कृष्ट संयोजन

म्यूजिक खबर
प्रकाशित: ९ श्रावण २०७९, सोमबार

काठमाडौं । हिन्दु नारीहरुको विशेष पर्व हो तीज । आमाछोरी, दिदीबहिनी एक ठाउँमा भेला भएर दर खाएर चेलीका यथार्थ व्यथा पोखेर गीत गाइनु तीजको एक विशेषता हो । तर पछिल्लो समय सार्वजनिक गीतहरुमा आधुनिकताको नाममा मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । यसले तीज पर्वको महत्व नै ओझेलमा पर्ने हो कि भन्ने शंका उत्पन्न गराएको छ ।

समय, काल, परिस्थिति फेरिए पनि समाजमा तीजको धार्मिक पाटोको छुट्टै आयाम छ । जसलाई जगेर्णा गर्न गीत सशक्त माध्यम बन्न सक्छ । यस्तै चेलीको यर्थाथ बेदना प्रस्फुटन गर्ने एउटा तीज गीत सार्वजनिक भएको छ –‘जान्न बाबा जान्न, जूका लाग्ने गाउँमा’ । छमछमी नाच्नेखालको गीतले गीतले फरक विषयवस्तुमा पनि मौलिकता झल्काउन सफल भएको छ ।

विनोद ढकालको मौलिक र मर्मश्पर्शी शब्दहरु रहेको गीतलाई प्रकाश कटुवाल र चन्दा अर्यालको स्वरले सुमधुरता बनाएको छ । गायक कटुवालको संगीतले गीतलाई प्राण भरेको छ ।

दिपेन्द्र तिमिल्सिनाको निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गीतको भिडियोमा रवि गिरी, सरिता ढुँगाना जुनकिरी, मुकुन्द मैनाली, लक्ष्मी श्रेष्ठ, जीवन ज्ञवाली, खिम वा, विष्णु जिसी लगायत कलाकारहरुको अभिनय तथा नृत्य रहेको छ ।

नवराज उप्रेतीले छांयाकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
गीतमा बुहारीलाई गरिएको हेला अनि माईतीमा आएर पोखेको गुनासोसंगै पारिवारिक यथार्थ घटनालाई चित्रण गरिएको छ । भिडियामा तीजको इतिहासको सम्झना दिलाउने, मौलिकताको आभाष दिलाउने र आधुनिकताको समिश्रण पाइन्छ ।

गीतको भिडियोलाई Balchhi Dhurbe अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु