आउँदैछ नेपाली संस्कृति झल्किने गीत “मज्जाले नाचौंला”

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

काठमान्डौ । नेपालि गीत संगीतको क्षेत्रमा शेर्पा गीतको छुट्टै पहिचान रहेको छ । चार बर्ण छत्तिस जातको फुलबारी हाम्रो देशमा यस्ता गीत संगीतहरुले आफ्नै कला संस्कृति र मौलिक परम्परालाई बिस्व सामु परिचित गराउनको लागि महत्वपुर्ण भूमिका खेलेको हुन्छ । यहाँ राई भाषाको गीतको छुट्टै महत्व छ, त्यस्तै अन्य भाषा भाषिका गीतहरुको पनि छुट्टै महत्व पाउन सकिन्छ भने जस्तै शेर्पा समुदायको मौलिक सुगन्धलाई सम्पूर्ण संगीत पारखीहरु माझ पुर्याउनको लागि केहि कलाकारहरु जुर्मुराएको देखिन्छ ।


यी र यस्तै संस्कृतिलाई जन समक्ष परिचित गराउने उदेस्यका साथ् नेपालि गीत संगीतको क्षेत्रमा नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले एक गीतलाई बजारमा ल्याउने तयारी गरिरहेका छन् । उक्त गीत शेर्पा टोनमा भएता पनि पर्वतीय भाषामा नेपाली संस्कृति झल्किने गरी तयार गरिएको निर्माण युनिटबाट जानकारी प्राप्त भएको छ । प्रस्तुत गीत “मज्जाले नाचौंला” बोलको रहेने पनि जानकारी प्राप्त छ । गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् ।

अहिले उक्त गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भैसकेको छ । सम्पादनको क्रममा रहेको “मज्जाले नाचौंला” बोलको गीतको सार्बजनिक मिति नतोकिएता पनि भाद्र महिनाको दोश्रो साता सम्म आम संगीत पारखीहरु माझ ल्याईने प्रतिबद्धता निर्माण पक्षले दिएको छ ।सार्बजनिक हुने म्युजिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय देख्न सकिन्छ । निकै मेहनतका साथ खर्चालु ढंगबाट तयार पारिएको म्युजिक भिडियोलाई निर्देशन अहिलेका चर्चित निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु