• गायक राईसँगै झुमे हङकङवासी नेपालीहरु

    म्यूजिक खबर
    प्रकाशित: २१ मंसिर २०८०, बिहीबार

    काठमाडौं । गायक पदम राई मंसीर १६ ‘२ डिसेम्बर २०२३’ मा हङकङमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा आफ्नो लोकप्रिय गीतहरु गाएर हजारौको संख्यामा उपस्थित हङकङवासी नेपालीहरुलाई आफुसंगै नचाए ।

    एभरेष्ट इन्टरटेनमेन्ट ट्रेर्डिङ को.व्दारा हङकङ स्थित याक एण्ड यति रेष्टुरेण्ट एण्ड बारमा आयोजित विशेष सांगीतिक कार्यक्रममा गायक राईले आफ्नो दर्जन भन्दा बढी चर्चित गीतहरु गाएर उपस्थित पाहुनाहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका हुन् । कार्यक्रममा गायिका खुश थुलुङ्गको पनि प्रस्तुति रहेको थियो ।

    गायक राईको पछिल्लो समय सार्वजनिकभएको के गुलियो छ र सखर चिनी, पछि पछिलागेर, जागिर खान्छु सरकारी अड्डामा यसो हेरे पुर्वतिर लगायतका गीतहरु चर्चामा रहेका छन् । गायक राईको हालसालै बजारमा आएको बाटो घुमाउरो बोलको भिडियो आम श्रोता, दर्शको रुचिको बनेपछि गायकपदम राई स्थानीय स्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा हुनेसांगीतिक कार्यक्रममा समेत अत्याधिक माग हुने गायकमा पर्दछन् ।

    गत महिना दक्षिण कोरियाको सांगीतिक भ्रमण सक्काएर नेपालफर्के लगतै दशैंको अवसर पारेर आयोजना गरिएको पूर्वाञ्चलको इलाम, पाँचथर, धरान, इटहरीलगायतका स्थानमा सांगीतिक कार्यक्रममा ब्यस्त आफ्नो प्रस्तुति दिएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु