चलचित्र ‘बीर विक्रम २’ को प्रिमियर

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार

शुक्रवारदेखि देशभरका सिनेमाघरमा आउँन लागेको चलचित्र ‘बीर विक्रम २’को बुधबार राजधानीमा प्रिमियर गरिएको हो । चलचित्र सिनेमाघरमा आउने पूर्वसन्ध्यामा गरिएको भब्य प्रिमियरमा चलचित्रले प्रशंसा पाएको छ । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरुलाई ब्यान्ड बाजासहित प्रवेश गराइएको थियो । निर्माण टिमले चलचित्रका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो । प्रदीप भारद्धाजको कथा रहेको यो चलचित्रमा पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अपर्ण सापकोटा निर्माता र हिमाल केसीको द्वन्द्व, प्रदीप भारद्धाजको कथा र सुदीप बरालको छयाँकन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु