चर्चामा नम्रता र विविको ‘ओइ स्यानी’, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७५, मंगलवार

काठमाडौं । दुई बर्ष अघि मात्रै ‘आइ लव यू, आइ मिस यू’ नामक गीति एल्बम मार्फत सांगीतिक क्षेत्रमा होमिएकी गायिका नम्रता तामाङको नयाँ गीत ‘ओइ स्यानी’ को म्युजिक भिडियो सार्वजनिक भएसँगै राम्रो चर्चा पाइरहेको छ । म्युजिक भिडियो सार्वजनिक गरेको छैटौं दिनमै गीतले १२ लाख बढी दर्शक पाएको छ । बिबि अनुरागीको शब्द तथा संगीत रहेको उक्त गीतमा नम्रतालाई बिबिले नै स्वरमा साथ दिएका छन् ।

गत विहीबार (असोज १८)मा मात्रै गायिका तामाङले वरिष्ठ संगीतकार एवम आफना गुरु प्रकाश गुरुङको हातबाट यो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी थिइन । छोटो समयमै गीत लोकप्रिय भएपछि आफनो हौसला बढेको उनले बताइन ।

यो भिडियोमा अहिलेका चर्चित नायक पल शाह र नायिका आँचल शर्माले अभिनय गरेका छन ।

हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु