प्रदीपको गीतमा पल-आँचलको रोमान्स ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७५, बुधबार

श्रावण २, काठमाडौं । ‘जुनमा राखु तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ । गीतले प्रेमील जोडीको भावना बोलेको छ ।

केहि समययता भिडियोमा सँगै नदेखिएका पल र आँचल पुन: एकपटक भिडियोमा आएका हुन् । यसबीचमा नायिका शर्माले केहि म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । नायक शाहले भने केहि ग्याप गरेका थिए ।

सार्वजनिक भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । कोरियोग्राफर पल आँफै हुन् । गीतमा प्रदीप ढकाल र निखिता थापाको स्वर रहेको छ भने प्रदीप ढकालकै संगीत र बिष्णू बाबु देवकोटाको शब्द रचना रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु