
काठमाडौं । माघ महिनालाई विवाहको सिजन नै मानिन्छ । यस महिनामा विवाहका साइतहरु जुर्ने भएकाले अत्याधिक विवाह गरेको देखिन्छ । गीत संगीतमा पनि विवाहको सिजनलाई लक्षित गर्दै पञ्चेबाजा गीतहरु सार्वजनिक गर्ने गरिन्छ ।
यहि क्रममा गायक मंगल बिक र गायिका बसन्ती थापा मगरको स्वरमा नयाँ पञ्चेबाजा गीत सार्वजनिक भएको छ । ‘छिट्टै आउनु लिन’ बोलको सार्वजनिक उक्त गीतमा प्रेम सापकोटा ‘सोनु’को शब्द रहेको छ भने गायक मंगल बिकले नै संगीत भरेका हुन् । स्थायी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई जुजु गुरुङले एरेन्ज गरेका हुन् । गीतको मिक्सिङ भने कुमार शोमारेले गरेका हुन् ।
भिडियोमा सुनिल सुन्दासले छायाँकन तथा निर्देशनमा भिडियो निर्माण गरिएको हो । ड्रोन भने मनोज चौधरीले चलाएका हुन् । िकिशोर चौधरीले सम्पादन गरेको पञ्चेबाजा गीतको भिडियोमा प्रेम गुप्ता, रेश्मा सुबेदी, बिनोद गुरुङ, सोफिया, अनुज केसी र पप पाठक लगायतकोे अभिनय रहेको छ ।