• डिपी र रचनाको स्वरमा रोमान्टिक गीत ‘पर्नु पिर पर्यो’

    म्यूजिक खबर
    प्रकाशित: ६ आश्विन २०७८, बुधबार

    काठमाडौं । डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्यो’ को भिडियो सार्वजनिक भएको छ ।
    डिपी खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डिपीलाई स्वरमा रचना रिमालले साथ दिएकी छन् ।

    सुब्रत आचार्यले निर्देशन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रेश्मा घिमिरे फिचर्ड छन् ।
    भिडियोमा आफ्नो समयको कलेज जीवनको सम्झना गरिएको छ ।

    त्यस्तै बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ ।
    क्याम्स पढ्ने बेला युवायुवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियोमा देखाइएको छ ।

    गीतकी निर्माता सदु थापा खनाल हुन् ।
    दीपेन गौतम माइकल प्रोडक्शन डिजाइनर रहेको भिडियोका सह–निर्देशक साइब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु