ट्रेण्डिङमा उकालो लाग्दै ‘लौरी हरायो’ हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७५, बुधबार

असार २७, काठमाडौं । लोकप्रिय सर्जक तथा गायक पशुपति शर्माको लय तथा शव्द सिर्जनामा नयाँ तिज गीत लौरी हरायो भर्खर मात्र सार्वजनिक भएको छ ।

असार २३ गते शनिबार देबी घर्ति राजु ढकालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको तीज गीत लौरी हरायोको चर्चा सँगै ट्रेडिङमा समेत पर्न सफल भएको छ ।

गीत सार्वजनिक भएको आज पाचौं दिनमा नै यो न्युज तयार पार्दाको समयमा गीतले १५ औं नं. ट्रेडिङमा पर्न सफल भएको छ । घण्टौं पिच्छे गीतको ट्रेडिङ यात्रामा उकालो चढ्दै गएको छ ।

गायक गायिका स्वयंको रोमाञ्चक अभिनय रहेकाले पनि उक्त गीतको चर्चा बढेको आम दर्शकको बुझाई रहेको छ ।

सबै पक्ष उत्कृष्ट रहेको यो गीतले वास्तविक तीजको भावना मात्र बोकेको छैन गीत सुन्न थाले पछि दर्शकलाई अन्त्य सम्म बाँधेर राख्छ ।
निकै सुमसुर लय तथा उत्कृष्ट शव्द सिर्जना रहेको गीतमा पशुपति शर्मा,सुस्मिता घर्ति,देवी घर्ति र राजु ढकालको आवाज रहेको छ भने लय,शव्द भने पशुपति शर्माको रहेको छ ।

पशुपति शर्मा,राजु ढकालको दमदार अभिनय रहेको गीतलाई दुर्गा पौडेलले म्युजिक भिडियो निर्देशन गरेका छन ।

हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु