पशुपति, देबी, राजु र सुस्मिताको ‘ओइ पोइ’ मा ठट्यौली पारामा सन्देश

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

काठमाडौं । तीज आउन अझै झण्डै २ महिना बाँकी छ । तर बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । जति तीज सार्वजनिक भएपनि गायक पशुपति शर्मा र गायिका देबी घर्तीका गीत सार्वजनिक नभएसम्म तीज गीतको धीत मर्दैन । उनीहरुको सहकार्यमाा आएका विगतका गीतले यहि सिद्ध गरेको छ । ठट्यौली पारामा सन्देश दिने खालका गीतहरु बनाउने उनीहरुको बिशेषतालाई दर्शक श्रोता रुचाउँदै आएका पनि छन् । यसो त ठट्यौली सहितको सन्देशमूलक गीत बनाउने पशुपतिको आफ्नै मौलिक शैली पनि हो । यस अघि उनीहरुका ‘लौरी हरायो’ ‘दुई बिसेले छोयो’ ‘सुहायो चौपट्टै’ सफल तीज गीत हुन् ।

पशुपति शर्मा सँगै चर्चित गायक राजु ढकाल लोकप्रिय गायिका देवि घर्तीमगर र गायिका सुस्मिता घर्तीको स्वर रहेको ‘लौरी हरायो’ ले अत्याधिक चर्चा र भ्यूज पाएको थियो ।

यहि क्रममा यहि गीतको टिमले यतिबेला नयाँ गीत ‘ओइ पोइ’ सार्वजनिक गरेको छ । यस गीतमा पनि गायकद्वय पशुपति शर्मा र राजु ढकाल त्यस्तै गायिकाद्वय देबी घर्ती र सुस्मीता घर्तीको स्वर रहेको छ । गीतमा अभिनय पनि गायक गायिकाहरुकै रहेको छ । पशुपति शर्माको शब्द रचना रहेको गीतमा विश्वास नेपालले एरेन्ज रहेको छ । त्यस्तै रुपी सिन्जाली मगर, प्रेमा राना मगर, नरेश खाती क्षत्रीले साथ दिएका छन् ।

स्मृती तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् । सम्पादन प्रकाश धमलाले गरेका हुन् । गीतलाई गायिका देबि घर्ती मगरको आफ्नै युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु