• सहकार्य फापेको सांगीतिक जोडी : पशुपति र जानकी, ‘सलल’मा देखियो गजबको केमेस्ट्री

    म्यूजिक खबर
    प्रकाशित: ६ जेष्ठ २०८१, आईतवार

    काठमाडौं । गायक पशुपति शर्मा र गायिका जानकी तारमी मगरको सहकार्य सांगीतिक क्षेत्रमा निकै फापेको पाइन्छ । यि दुईको सहकार्यमा सार्वजनिक भएका प्राय सबै गीत लोकप्रिय बनेका छन् । सहकार्यकै क्रममा गायक पशुपति शर्मा र गायिका जानकी तारमी मगरको को पछिल्लो सांगीतिक कोशेली हो – ‘सलल’ ।

    जानकी तारामी मगर युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा पशुपति शर्मा र जानकी तारमी मगरको स्वर सुन्न सकिन्छ । गीतमा पशुपति शर्माकै शब्द तथा संगीत रहेको छ ।
    गीतको भिडियोमा समेत गायक–गायिका स्वयं देखिएका छन् । मौसम हिमालीको निर्देशनमा बनेको भिडियोमा गायनमा ‘फिट’ बनेको यो यो जोडीको केमेष्ट्री पनि मिलेको देखिन्छ ।

    बुद्ध थापाले छायांंकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । यस अघि यी दुईको सहकार्यमा ‘ढाड दुखेर मार्यो’, ‘पानी पुरी’, ‘चटपटे’, ‘ढाड दुखेर करक्कै’, ‘साईकल किन्न जाम’, ‘मेयरनिको पोई’, ‘मगरनीको सेलरोटी पसल’ लगायत थुप्रै गीतहरु हिट बनेका बनेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु