गायक पशुपति शर्मा र सर्जक शिव हमाल सवार कार दुर्घटनामा

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०८२, बुधबार २२:१९

सकाठमाडौं । लोकप्रिय गायक पशुपति शर्मा र सर्जक शिव हमाल चडेको गाडी दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो । गायक शर्मा र संगीतकार हमाल सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन् । यहि क्रममा पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।

गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ भने हमालको खुट्टामा चोट लागेको छ ।
बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेलेका अनुसार सामान्य दुर्घटना भएको हो । कारमा सामान्य क्षति पुगेको छ ।
कारमा सवार ४ जनालाई ठूलो चोट भने लागेको छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु