लोकगीतको स्टारडम चलचित्रमा पनि, पशुपति र पुर्णकलाको स्वर ट्रेण्डिङमा

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७५, मंगलवार

लोकगीतको स्टारडम चलचित्रमा पनि, पशुपति र पुर्णकलाको स्वर ट्रेण्डिङमा ! दर्शकमाझ रुचाइएको चलचित्र ‘प्रेमगीत’ मा अनुबन्धित गीत ‘यता तिर्खा लागेको धेरै भो’ पुरा गीत सार्वजनिक भएको छ । यो भन्दा अगाडि गीत १ मिनेट ५० सेकेण्डमा सिमित बनाइएको उक्त गीतको पुरा भर्सन अपलोड गरिएको हो । अत्याधिक चर्चामा रहेका गायक पशुपति शर्माको स्वरमा सजिएको उक्त गीतको भिडियो क्लिपस्मा पनि पशुपति शर्मालाई नै देखाइएको हुनाले पनि पुरै गीत हेर्न दर्शक श्रोता बहुप्रतिक्षित थिए ।

गीत अपलोड भएको २ दिन पश्चात यो समाचार तयार पार्दाको सयममा ३ लाख ४० हजार बढीले गीतलाई हेरिसकेका छन् भने गीत ट्रेण्डिङको २४ औं स्थानमा पर्न सफल भएको छ । साथै क्रमशः ट्रेण्डिङको सिंढीमा उक्लँदो क्रममा पनि छ । यो गीतको भिवर्स र कमेन्ट र ट्रेण्डिङबाट चलचित्रका गीतमा पनि लोकगीतको स्टारडम रहेको मान्न सकिन्छ ।

पशुपतिको साथमा लोक गायिका पुर्णकला विसीले गाएको उक्त गीतलाई यादव लम्सालले लेखेका हुन् भने अर्जुन पोखरेलले संगीत दिएका हुन् ।

गीतको पुरा अडियो सार्वजनिक गरिएता पनि गीतलाई लिरिकल भिडियो बनाइएको छ ।  सार्वजनिक गीतमा सुरुमा गायक पशुपतिलाई अभिनय सहित देखाइएता पनि पछि फोटोहरुलाई प्रयोग गरेर भिडियो बनाइएको छ ।
पशुपतिको गायकी ‘स्टारडम’ले पनि भिडियो चर्चामा रहेको छ  । कमेन्ट प्रसस्तै छन् । अधिकांश कमेन्टमा स्वर र संगीत तथा अभिनेत्री पुजा शर्माको खुलेर प्रशंसा गरेका छन् ।
फिल्म रिलिज ताका नै दर्शकको ध्यान खिच्न र चर्चाकै लागि पशुपति शर्मालाई फिल्ममा राखिएको आँकलन गरिएको थियो । २०७२ सालको माघ महिनामा रिलिज गरिएको चलचित्रले दर्शकको माया पाउन सफल भएको थियो ।

भिडियो

 

करोड क्लबका संगीतकार अर्जुन पोखरेलको संगीतमा मन्जु र पशुपतीको लोक गीत ‘गाह्रो हुन्छ फेरि’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु