करोड क्लबका संगीतकार अर्जुन पोखरेलको संगीतमा मन्जु र पशुपतीको लोक गीत ‘गाह्रो हुन्छ फेरि’

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७५, आईतवार

चर्चित लोक तथा दोहोरि गायक पशुपति शर्मा र गायिका मन्जु पौडेल गीत संगीत अनुरागीका लागि रुचाइएको नाम हो । थुप्रै हिट गीत गाइसकेका पशुपती र मन्जुको स्वरमा पछिल्लो समयमा ‘गाह्रो हुन्छ फेरि’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘गाह्रो हुन्छ फेरि’  गीतमा कयौं हिट गीतमा संगीत भरेर धेरै दर्सक श्रोता मन मुटुमा बसिसकेका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । यस अघि पनि मन्जु पौडेलको ‘धुवाँ सरी’ बोलको गीतमा अर्जुनले नै संगीत भरेका थिए । उक्त गीत नै मन्जुको सांगीतिक करिअरमा ट्रनिङ प्वाइन्ट गरेको गीत मान्न्छि । पछिल्लो समयमा अर्जुनले संगीत भरेका प्राय गीतहरुले युट्युवमा करोडौं भ्युअर्स पाउन सफल भएका छन् । यतिबेला चलचित्र क्याप्टेनको ‘रहर छ सँगै’ बोलको गीत ट्रेण्डिङमा रहेको छ ।

‘गाह्रो हुन्छ फेरि’ गीतका शब्द यादव लम्सालको रहेको छ भने गीतको भिडियोमा निकै आशालाग्दा कलाकारहरु विवेक खड्का र बिन्दु खड्काले अभिनय गरेका छन् । बिबेक खड्काकै निर्देशन तथा सम्पादन रहेको गीतको छायांकन भने विवेक बिकले गरेका हुन् । गीतलाई बिएमएस फिल्मस्ले सार्वजनिक गरेको हो ।

हेरौ गीतको भिडियो :

 

गायक सुदिप निउरेको आवाजमा पञ्चेबाजा गीत “घुम्टो सिरैको ” हेर्नुहोस भिडियो सहित

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु