पशुपति र सम्झनाको दशैंको कोशेली ‘कान्छी बुहारी’

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित चर्चित गायक तथा सर्जक पशुपति शर्माको उत्कृष्ट दशैं तिहार गीत ‘कान्छी बुहारी’ बजारमा आएको छ । गीतमा पशुपति शर्मा र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ । गीतले पछिल्लो समय बिहेमा लाग्ने खर्चको व्यंग्य गरेको छ।

पशुपति शर्माकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा लय तथा शब्द सृजना पनि पशुपति शर्मा आफैले गरेका छन।पशुपति शर्माले यो बर्षको लागि भने फरक तरिकाले उक्त गीतलाई बजारमा ल्याएका हुन्।

दुर्गा पौडेलको निर्देशन तथा छायांकन भित्र रहेको भिडियो सम्पादन भने नबिन घर्ती मगरले गरेका छन। उक्त गीतको भिडियोमा भने पशुपति शर्मा,सम्झना भण्डारी र सबिता गुरुङको भिडियोमा अभिनयमा देख्न सकिन्छ।
भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु